आँधीमा परी आठको मृत्यु

Avatar photo
Dhadingpost
फाल्गुन २१, २०७६


एजेन्सी फागुन २१ । अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको आँधीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार मङ्गलबार बिहान आएको आँधीका कारण आठ व्यक्तिको मृत्यु भएको छ भने धेरै भौतिक संरचनाहरूमा क्षति पुगेको छ ।

टेनिसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पु¥याएको क्षतिबारे भने, “आँधीका कारण ‘यसपटक आठको मृत्यु’ भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ ।”

न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण राजधानीका विभिन्न ४० स्थानका भौतिक संरचनामा क्षति पु¥याएको बताएको छ ।