मैदीमा कोरोना भाईरस संक्रमणबारे अभिमुखिकरण

Avatar photo
Dhadingpost
फाल्गुन २०, २०७६

धादिङ फागुन २० । धादिङको ज्वालामुखि गाउँपालिकाको स्वास्थ्य शाखाले मैदी स्थित स्वास्थ्य चौकीमा कोरोना भाईरस संक्रमणबाट कसरी बच्ने भन्नेबारे एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।

कोरोनाबाट आतङ्कित नबन्न आग्रह गर्दै गाउँपालिका प्रमुख विनोद तिमल्सिनाले सामान्य होसियारी मात्र अपनाइए पनि कोरोनाकोे संक्रमणबाट जोगिन सकिने बताएका थिए ।

ज्वालामुखि गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक सुजन श्रेष्ठले कोरोना कमजोर भाइरस भएको र दीर्घ रोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण हुन हुन सक्छ तर कोरोना सर्‍यो भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम रहेको बताएका थिए ।

संयोजक सुजन श्रेष्ठले कोरोनाको रोकथाम आफ्नै हातमा भएकोले भीडभाडमा नजाने, हात धोइरहने, विना काम घर बाहिर नजाने गर्दा रोकथाम हुने बताएका थिए ।