
काठमाडौं फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणको लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल भर्ना भएका हुन् ।
चिकित्सकहरुले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने बताएका छन् । त्यसपछि दाताको खोजी थालिएको थियो। तर गत मंसिर पहिलो हप्ता एपेन्डिटाइटिसका कारण पेटमा संक्रमणले अपरेसन गर्नुपरेपछि ओलीको मिर्गौला प्रत्यारोपण पर धकेलिएको थियो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्न्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् । उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालको सुविधा सम्पन्न ६०१ नम्बर क्याबिन छुट्याएको छ ।

