बेनिघाट रोराङमा अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर प्रदान

Avatar photo
Dhadingpost
फाल्गुन १९, २०७६

धादिङ फागुन १९ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर प्रदान गरेको छ ।

एक साता अघि गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने ह्वील चियर नाप लिएको गाउँपालिकाले सोमबार एक कार्यक्रमका बीच ह्वील चियर प्रदान गरिएको हो ।

ह्वील चियर हस्तान्त्रण गर्दै गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले यो गाउँपालिकाले प्रदान गरेको मायाँको चिनोको रुपमा ग्रहण गर्न आग्रह गरेका थिए । तपाईहरुको दैनिक जिवन यापनका लागि सहजता प्रदान गर्न ह्वील चियर प्रदान गरिएको बताउँदै तालिम स्वारोजगारको कार्यक्रम पनि गाउँपालिकाले बनाउने बताएका थिए ।

गाउँपालिका उपप्रमुख देवि प्रसाद सिलवाललको सभापतित्वमा भएको उक्त ह्वील चियर हस्तान्तरण कार्यक्रममा गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) को प्रमुख आतिथ्यता, प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, वडा प्रमुख रोशनकुमार सिलवाल, राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजका उपाध्यक्ष सुथम भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

यस अघि ह्वील चियर नलिएका अपाङ्गता भएका १७ जना व्यक्तिहरुलाई ह्वील चियर प्रदान गरिएको गाउँपालिकाका सल्लाहकार मणिराज गुरुङले धादिङपोष्टलाई बताए ।

यी हुन् ह्वील चियर पाउने १७ जना
१. धिरज रिजाल (बेनिघाट रोराङ १० हुँदिखोला)
२. विनिता उप्रेती (बेनिघाट रोराङ १० जयपुरी)
३. सुर्य मरहठ्ठा (बेनिघाट रोराङ १० डुक्राङ)
४. आशिष मल्ल ठकुरी (बेनिघाट रोराङ ९ चौकीटार)
५. झिनमायाँ पुरी (बेनिघाट रोराङ रैवाङ)
६. रमादेवि सिंखडा (बेनिघाट रोराङ १०
७. अनिल गुरुङ (बेनिघाट रोराङ २)
८. कर्णबहादुर आले मगर (बेनिघाट रोराङ ६ स्यादुल)
९. तममायाँ श्रेष्ठ (बेनिघाट रोराङ ८ चैलिङ)
१०. विष्णुमायाँ मगर (बेनिघाट रोराङ ६ स्यादुल)
११. टीका बहादुर श्रेष्ठ (बेनिघाट रोराङ ६ स्यादुल)
१२. कुमार गुरुङ (बेनिघाट रोराङ ८ बिदाङ)
१३. दलबहादुर सुनार ( बेनिघाट रोराङ ४ हर्कपुर)
१४. मेन बहादुर मगर (बेनिघाट रोराङ ३ तल्लो कात्राक)
१५. प्रेम बहादुर थिङ (बेनिघाट रोराङ २ चोतेस)
१६. जित बहादुर चेपाङ (बेनिघाट रोराङ २ जोगि डाँडा)
१७. दिम बहादुर श्रेष्ठ (बेनिघाट रोराङ )