प्रहरीको सुन्दर नाराभित्र क्रुर व्यवहार !

Avatar photo
Dhadingpost
फाल्गुन १९, २०७६

काठमाडौं फागुन १९ । सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन् । ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन् ।

बिहीबार ललितपुरको भैँसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नाबालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटनाले सर्वसाधारणलाई यसको जवाफ खोज्न बाध्य पारेको हो ।

“नेपाल प्रहरी र नागरिक समुदाय एकअर्काका परिपूरक जस्तै हुन्”, ठमेलका समाजसेवी अर्जुन पुरी भन्छन्, “‘प्रहरी मेरो साथी’ भन्ने तर व्यवहार शत्रुको जस्तो गर्ने कार्य कदापि राम्रो होइन । प्रहरी पेसाप्रति जिम्मेवार र कानुन कार्यान्वयनमा दृढ भए पुग्छ” यो समाचार आजको गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।

x