
काठमाडौं फागुन १९ । चीनबाट फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।
तीव्र गतिमा सर्ने कोरोना भाइरस (कोभिड-१९) विश्वका ६४ भन्दा बढी मुलुकमा फैलिएसँगै सरकारले २० लाख पर्यटक ल्याउने गरी थालेको पर्यटन वर्ष २०२० स्थगित गरेको हो ।
सन् २०२२ मा आयोजना गर्ने गरी यो सालको भ्रमण वर्ष स्थगित गर्ने भएको हो । भ्रमण वर्ष स्थगित भएकोबारे औपचारिक जानकारी आगामी बिहीबार प्रवक्ता डा। युवराज खतिवडाले गराउने बताईएको छ ।

