
काठमाडौं फागुन १८ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरेको बताएका छन् ।
मन्त्री ढकालका अनुसार ‘पहिलो चरणको तयारी अनुसार आवश्यक सावधानी अपनाउने, दास्रो नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिसकिएको छ र तस्रो चरणको तयारी अन्तर्गत संक्रमित नेपालीलाई राख्न आवश्यक बेडको व्यवस्था गरिएको छ ।’
पत्रकारहरुलाई जानकारी जराउँदै मन्त्री ढकालले भने छिमेकी देशमाहरुमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न थालिएको छ, विमानस्थल पुरै बन्द गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ । ठूला सभा, सम्मेलन र भोजभतेर समेत नगर्न उनलले आह्वान गरे ।
अहिले कोरोनाभाइरसको सङ्क्रमण एसिया लगायत युरोप, अफ्रिका, मध्यपूर्वका केही देशमा समेत देखा परिसकेको छ ।

