
धादिङ फागुन १८ । धादिङबेँसी स्थित एड्भान्स एकेडेमीको अंग्रेजी विभागले अंग्रेजी भाषाको चलचित्र समीक्षा प्रतियोगिता सम्पन्न गरेको छ ।
कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत छात्रा सीता मगराती प्रथम, कक्षा ७ मा अध्ययनरत छात्रा सुस्मिता गुरुङ द्वितीय र कक्षा ८ मा अध्ययनरत छात्र कुशल अधिकारी, कक्षा ९ मा अध्ययनरत छात्राहरू सपना लम्साल र भूमिका बानियाँ तृतीय भएका थिए ।
विद्यार्थीहरूको चौतर्फी क्षेमता विकासका निमित्त यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भुमिका खेल्ने एसोसिएट प्रिन्सिपल भिम बहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।
