
काठमाडौं फागुन १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्व अर्थमन्त्री एवम् कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभा गृहमा भएको कार्यक्रम सकेर फर्किने क्रममा प्रचण्डलाई लक्षित गरी तिरुवाले जुत्ता प्रहार गरेका थिए ।
राष्ट्रिय सभा गृहमा प्रचण्डको ‘भाषण सुनिरहेको थिएँ । भाषणमा वर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा आएर जुत्ता हानेँ’ सिंहदरबार प्रहरी वृत्तमा प्रहरीसमक्ष उनले बयानमा भनेका छन् ।

