प्रधानमन्त्री ओलीलाई मिर्गौला भान्जीले दिने

Avatar photo
Dhadingpost
फाल्गुन १८, २०७६

काठमाडौं फागुन १८ । मृगौला प्रत्यारोपणको लागि मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना हुन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भान्जिले मृगौला दिने भएकी छिन् ।

बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीलाई म्याच भएको मृगौला दिने ओलीका नजिकका आफन्त तर्फकी भान्जीको नाम भने गोप्य राखिएको छ ।

चिकित्सकहरुले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने बताएका छन्। त्यसपछि दाताको खोजी थालिएको थियो। तर गत मंसिर पहिलो हप्ता एपेन्डिटाइटिसका कारण पेटमा संक्रमणले अपरेसन गर्नुपरेपछि ओलीको मिर्गौला प्रत्यारोपण पर धकेलिएको थियो।

ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो ।