
धादिङ फागुन १८ । नेपाल शिक्षक संघ बेनिघाट रोराङले कक्षा आठको परिक्षालाई होम सेन्टर बनाउन गाउँपालिकालाई आव्हान गरेको छ ।
चैत्र २ गते देखि बेनिघाट रोराङमा हुने आधारभुत तह कक्षा आठको परिक्षा सेन्टर जन स्कुलमा विद्यार्थी अध्ययन गरि रहेका छन् त्यहि विद्यालयमा उनीहरुलाई परिक्षा दिने व्यवस्था गर्न संघले आव्हान गरेको हो ।
परिक्षा सेन्टर परिवर्तन गर्दा ग्रामिण क्षेत्रका विद्यार्थीलाई असहज हुने, अभिभावहरुलाई आर्थिक व्ययभार, मानसिक र सामासिक समस्या थपिने हुँदा पढेकै विद्यालयमा परिक्षा दिने व्यवस्था गर्न संघको बैठकले गाउँपालिकालाई आग्रह गरेको बैठकमा सहभागि एक शिक्षकले धादिङपोष्ठलाई बताए ।
बेनिघाट रोराङ गाउँपालिकाका शिक्षा अधिकारी बोधराज पाठकले पनि संघको आव्हान आएको स्वीकारेका छन् । शिक्षा अधिकारी पाठकले होम सेन्टर वा परिवर्तन गर्ने भन्ने विषयमा शिक्षा समितिमा छलफल गरि निकर्ष निकालिने बताए ।

