सेनाद्वारा गजुरी पत्तालिनीमा नि:शुल्क स्वास्थ्य परिक्षण

Avatar photo
Dhadingpost
फाल्गुन १८, २०७६

धादिङ फागुन १८ । धादिङको गजुरी गाउँपालिका स्थित पत्तालिनीमा देविदत्त गण गजुरीले एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

जेष्ठ नागरिक, बालबालिका तथा विपन्न समुदायलाई लक्षित गरि सेनाले शनिबार आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा गजुरी गाउँपालिकाका वडा नंं.१,२,३,४ र ५ का स्थानीय बासिन्दाहरुले सेवा लिएका थिए ।

सेनाने आयोजना गरेको शिविर प्रभावकारी हुने जनाउँदै १२१ महिला, ७३ पुरुष र ९७ बालबालिका दुई सय ९१ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

स्वास्थ्य शिविरमा उपचारार्थ आउने अधिकांश महिलामा पाठेघरको समस्या देखिएको थियो भने अन्य बिरामीमा आँखा तथा छालाको समस्या भेटिएको देविदत्त गणका सेनानी रुपेश चापागाइले बताए ।

सेनानी चापागाइका अनुसार सैनिक र नागरिक सम्बन्ध सुदृढ गर्न पत्तालिनी आधारभूत विद्यालयमा स्वास्थ्य शिविरमा आयोजना गरिएको थियो ।