रास्ट्रिय युवा संघ धादिङका नेता कार्यकर्ता श्रमदानमा

Avatar photo
Dhadingpost
फाल्गुन १७, २०७६

धादिङ फागुन १७ । रास्ट्रिय युवा संघ धादिङका नेता तथा कार्यकर्ताहरुले बनिघाट रोराङ गाउँपालिकामा जलपुरी सिंचाई परियोजनामा श्रमदान गरेका छन् ।

करोडौ रकम खर्च गरिएको यस अलपत्र परियोजनालाई सम्पन्न गर्न भन्दै शनिबार रास्ट्रिय युवा संघ धादिङका १०० जना भन्दा बढी कार्यकताहरु श्रमदानमा सहभागि बनेका थिए ।

श्रमदानमा सहभागि भएका रास्ट्रिय युवा संघ का केन्द्रिय सदस्य चन्द्रबहादुर सिलवाल मिलनले कम्युनिष्ट कार्यकर्ता जनश्रमदानमा कटेको र भाषण मै सिमित हुने गरेको आरोप लगाएका थिए । अब भाषण हैन सामाजिक काममा महिनाको १ दिन भएपनि श्रमदानमा जुट्न आव्हान गरेका थिए ।

यस्तै श्रमदानमा सहभागि रास्ट्रिय युवा संघ धादिङका सह संयोजक राजाराम रिजालले युवा संघले आयोजना गर्ने श्रमदानहरुमा पार्टी नेता तथा कार्यकर्ता समेत सहभागि हुनु पर्ने, जनताको घरमा जाने, असाह्य गरिवहरुको काममा सहयोग गर्ने नीति रास्ट्रिय युवा संघ धादिङले अवलम्बन गर्ने बताएका थिए ।

वर्षौ देखि करोडौं खर्च भैसकेको र विगत ५ वर्ष देखि लथालिङ्ग अवस्थामा यस जलपुरी सिंचाई परियोजना सम्पन्न गरिछाड्ने प्रतिवद्धताका साथ गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) र उप प्रमुख देवी प्रसाद सिलवालले केहि दिन अगाडी मात्र शिलान्यास गरेका थिए ।