दिल्ली हिंसामा मारिनेको सङ्ख्या ३४ पुग्यो

Avatar photo
Dhadingpost
फाल्गुन १६, २०७६

दिल्ली फागुन १६ । भारतको राजधानी दिल्लीमा भएको हिंसात्मक दङ्गामा मारिनेको सङ्ख्या ३४ पुगेको छ ।

अझैपनि कतिपय इलाकामा हिंसक जत्था डुलिरहेको अनि खासगरी दिल्लीको उत्तर(पूर्वी भागमा छिटफुट हिंसा भएका विवरण प्रहरीले दिएको छ ।

हिन्दू र मुस्लिम समुदायबीच थप झडप हुन नदिन हजारौँ दङ्गा प्रहरी तथा अर्धसैनिक फौजले गस्ती गरिरहेका छन् ।

आइतवार नागरिकता कानुनका पक्ष र विपक्षमा रहेकाहरूबीच झडप भएपछि त्यसले साम्प्रदायिक दङ्गाको स्वरूप ग्रहण गरेको बीबीसीले जनाएको छ ।