धादिङमा गणित विषयको हाजिरीजवाफ प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
फाल्गुन १५, २०७६

धादिङ फागुन १५ । गणित शिक्षा परिषद धादिङले अन्तर माध्यामिक विद्यालय स्तरीय गणित विषयको हाजिरीजवाफ प्रतियोगिता गर्ने भएको छ ।

कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले भाग लिन पाउने उक्त प्रतियोगिता फागुन १७ गते शनिबार धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालय प्राङ्गणमा हुने भएको हो ।

गणित शिक्षा परिषदका सचिव उत्तम भट्टका अनुसार विजयी समूहमध्ये प्रथम हुनेलाई ६ हजार, द्धितीयलाई ५ हजार ५००, तृतीयलाई ३ हजार र सान्त्वनालाई १ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।