संचार साधनहरुको प्रर्दशनीमा रमाए विद्यार्थी

Avatar photo
Dhadingpost
फाल्गुन १५, २०७६

धादिङबेसी फागुन १५ । धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीका विद्यार्थीहरु संचार साधनहरुको प्रर्दशनीमा रमाएका छन् ।

विद्यार्थीलाई संचारको विकास र सुरुवातकोबारेमा जानकारी गराउने उद्धेश्यले एड्भान्स एकेडेमीले बुधबार आयोजना गरेको संचारका साधन प्रदर्शनीमा विद्यार्थीहरु रमाएका हुन् ।

प्रदर्शनीमा राखिएका सामाग्रीहरु विद्यार्थीहरुले चाख मानेर अवलोकन गरेका थिए भने रेडियो, वाकी टकी लगायतका उपकरणहरुका विषयमा जिज्ञाशा समेत राखेका थिए ।

शिक्षण विधिलाई कसरी सरलीकृत बनाउने भन्ने तर्फ हाम्रो ध्यान छ, हामी पढाउन भन्दा सिकाउने अभियानमा रहेका छौ, यहि अभियानमा साना नानीबाबुहरुको लागि प्रदर्शनी आयोजना गरिएको सहायक प्रिन्सिपल रामकुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।