
धादिङ फागुन १५ । धादिङबेसीमा बुधबार छापामारि जपथ गरिएको घरेलु मदिरा प्रहरीले बिहिबार दिउँसो नष्ट गरेको छ ।
धादिङवेसीका होटल तथा भट्टी पसलहरुबाट प्रहरीले बरामद गरेको ३३ वटा ड्रम‚ ५१ वटा ग्यालिन र २९ वटा बोत्तलमा रहेको अन्दाजी १५०० लिटर घरेलु मदिरा र मदिरा बनाउन तयार गरिएको ३ वटा ड्रममा रहेको अन्दाजी १०० लिटर कच्चा पदार्थ नष्ट गरेको हो ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अवैध घरेलु मदिरा नियन्त्रण अभियान एक महिना संचालन गरिने बताईएको छ । (तस्वीर स्रोतः जिल्ला प्रहरी कार्यालय धादिङ)

