
धादिङ फागुन १५ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले आगामी सोमबार अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर वितरण गर्ने भएको छ ।
गाउँपालिका भित्र रहेका ह्वील चियर आवश्यकता भएको व्यक्तिहरुलाई आवस्यक पर्ने ह्वील चियरको नाप लिने कार्य सकिय सँगै सोमबार ह्वील चियर बाढ्ने कार्यक्रम रहेको गाउँपालिकाका सल्लाहकार मणिराज गुरुङले बताए ।
ह्वील चियर आवश्यकता भएका र अहिले सम्म ह्वील चियर नभएका अपाङ्गता भएका व्यक्तिहरु गाउँपालिकामा १७ जना रहेछन् उनीहरुको शारिरिक नाप अनुसार ह्वील चियर तयार गरि सकिएको समेत सल्लाहकार गुरुङले बताए ।
यी हुन् ह्वील चियर पाउने १७ जना
१. धिरज रिजाल (बेनिघाट रोराङ १० हुँदिखोला)
२. विनिता उप्रेती (बेनिघाट रोराङ १० जयपुरी)
३. सुर्य मरहठ्ठा (बेनिघाट रोराङ १० डुक्राङ)
४. आशिष मल्ल ठकुरी (बेनिघाट रोराङ ९ चौकीटार)
५. झिनमायाँ पुरी (बेनिघाट रोराङ रैवाङ)
६. रमादेवि सिंखडा (बेनिघाट रोराङ १०
७. अनिल गुरुङ (बेनिघाट रोराङ २)
८. कर्णबहादुर आले मगर (बेनिघाट रोराङ ६ स्यादुल)
९. तममायाँ श्रेष्ठ (बेनिघाट रोराङ ८ चैलिङ)
१०. विष्णुमायाँ मगर (बेनिघाट रोराङ ६ स्यादुल)
११. टीका बहादुर श्रेष्ठ (बेनिघाट रोराङ ६ स्यादुल)
१२. कुमार गुरुङ (बेनिघाट रोराङ ८ बिदाङ)
१३. दलबहादुर सुनार ( बेनिघाट रोराङ ४ हर्कपुर)
१४. मेन बहादुर मगर (बेनिघाट रोराङ ३ तल्लो कात्राक)
१५. प्रेम बहादुर थिङ (बेनिघाट रोराङ २ चोतेस)
१६. जित बहादुर चेपाङ (बेनिघाट रोराङ २ जोगि डाँडा)
१७. दिम बहादुर श्रेष्ठ (बेनिघाट रोराङ )
सम्बन्धित समाचार
बेनिघाट रोराङले ह्वील चियर वितरण गर्ने

