
धादिङ फागुन १४ । प्रहरीले जिल्लाका विभिन्न स्थानमा घरेलु मदिरा नियन्त्रण गरेको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धादिङबेसी सदरमुकाम सहित जिल्लाका विभिन्न स्थानमा घरेलु मदिरा नियन्त्रणमा लिईएको जनाएको हो ।
बुधबार धादिङबेसीका विभिन्न साना ठुला होटलहरुमा छापामारि घरेलु मदिरा नियन्त्रणमा लिएको थियो भने मंगलबार खानिखोला, जिबनपुर‚ महादेबबेशीमा समेत घरेलु मदिरा नियन्त्रणमा लिएको थियो ।
यस्तै मंगलबारनै प्रहरीले बेनिघाट रोराङको मझिमटार‚ हाप्सेचौर‚ गल्छीबजार‚ मलेखुबजार‚ बरडाडा‚ सिम्लेबजार‚ बन्छेटार लगायतका ठाउँहरुमा घरेलु मदिरा नियन्त्रणमा लिएको थियो ।
घरेलु मदिरा नियन्त्रण अभियान एक महिना सम्म संचालन गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

