
काठमाडौं फागुन १४ । नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान चलाउने आन्तम तयारी भएको बताएका छन् ।
देशमा भएका विकृति, बिसंगति, भ्रष्टाचार, कुशासनको विरोध गर्न र जनतालाई सचेत बनाउन‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान सुरू गर्न लागिएको खरेलले बताए ।
उक्त अभियानको औपचारिक घोषणा बिहीबार दिउँसो क्रिस्टल पार्टी भेन्यु बिजुलीबजारमा गरिनेछ । उक्त अभियानमा पूर्वरक्षा सचिव देवेन्द्र सिटौला, अभियन्ता ज्ञानेन्द्र शाहीलगायत छन् । तस्बिर : रमेश खरेलको फेसबुकबाट ।

