कोरोना त्रासः त्रिभुवन विमानस्थलमा उच्च सतर्कता

Avatar photo
Dhadingpost
फाल्गुन १४, २०७६

काठमाडौं फागुन १४ । चीनको हुबेई प्रान्तबाट शुरू भएको कोरोना भाइरस (कोभिड–१९) को त्रास पछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ ।

नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल जोखिममा रहेको भन्दै सतर्कता अपनाउन थालिएको हो । विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भएकाले नेपाल पनि जोखिममा रहेकाले सतर्कता अपनाउन थालिएको जानकारी दिएको आजको गोरखापत्र दैनिकले खबर छापेको छ ।

आफू महानिर्देशक भइसकेपछिको मुख्य काम पनि कोरोना भाइरसलाई नेपाल छिर्न नदिन उच्च कदम चाल्नु रहेको भन्दै उनले विमानस्थलमा सरकारले उच्च सतर्कता अपनाएको जानकारी दिए ।