सातौं धादिङ महोत्सवमा, उत्कृष्ट कृषक, उद्यमी र झाँकी पुरस्कृत

Avatar photo
Dhadingpost
फाल्गुन १३, २०७६

धादिङ फागुन १३ । धादिङबेसी स्थित खुल्लामञ्च टुडिखेलमा फागुन २ गते देखि जारी सातौं धादिङ महोत्सवको समापन समारोहमा उत्कृष्ट कृषक, उद्यमी र झाँकीलाई पुरस्कृत गरिएको छ ।

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको यस महोत्सवको उद्घाटन पुर्व गरिएको र्यालीमा प्रर्दशन गरिएको उत्कृष्ट झाँकी, महोत्सवमा राकिएको कृषि प्रदर्शनीमा उत्कृष्ट बनेका कृषक र प्रदर्शनीमा राखिएका घरेलु उत्पादनका उद्यमीहरुलाई समापन समारोहमा पुरस्कृत गरिएको हो ।

उद्यमी तर्फ पुरस्कृत हुनेमा सृजनशिल सहकारी चैनपुरले प्रदर्शनीमा राखेको सालको पात बनाउने मेशिन प्रथम, साङ्कोषकोबाट प्रदर्शनीमा राखिएको गलैंचा उद्योग द्वितिय र लाङ्घाली ढाका उद्योग सान्तोना भएका थिए ।

यस्तै झाँकी तर्फ नेपाल कुमाल सोरठी तथा घाँटु नाच त्रिपुरासुन्दरी प्रथम, कालिका सामुदायीक होम स्टे द्वितिय, नेपाल चेपाङ संघ तृतिय र ओम शान्ती सान्तोना भएका थिए ।

समापन समारोहका प्रमुख अतिथि एवम् उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले यस्तो महोत्सवहरुले व्यवसायी र उद्यमीहरुलाई परिचित अराउने र समग्र जिल्लाको समृद्धिका लागि टेवा समेत पुर्याउने बताएका थिए ।

फागुन २ गते भव्य समारोहका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन गरिएको महोत्सवमा मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहेका थियो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन भएका वस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल समेत महोत्सवको आकर्षण रहेका थिए ।

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको सभापतित्वमा भएको समापन समारोहको संचालन महासचिव लोकनाथ डल्लाकोटीले संचालन गरेका थिए ।

महोत्सव सफल बनाउन धादिङ उद्योग वाणिज्य संघलाई मुख्यतः धादिङका १३ वटै स्थानीय तह, मुख्य प्रायोजक हिमालयन ब्रअरी प्रा.लि., प्रायोजक ग्लोवल आएमई बैक लिमिटेड, सह प्रायोजकहरुमा राष्ट्रिय वाणिज्य बैँक लिमिटेड, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, धादिङ, वैद्य अर्गनाइजेसन लगायतले सहयोग गरेका थिए ।