बेनी शिक्षा सदन स्कुलको बार्षिक उत्सव मनाईयो

Avatar photo
Dhadingpost
फाल्गुन १२, २०७६

धादिङ फागुन १२ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ बेनिघाटबजारमा रहेको बेनी शिक्षा सदन स्कुलको २३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाईएको छ ।

कक्षा ८ सम्म पढाई हुने प्याब्सन धादिङमा आवद्ध यस विद्यालयको २३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस गाउँपालिका उपाध्यक्ष देबि प्रसाद सिलवालको प्रमुख आतिथ्यतामा मनाईएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सिलवालले गुणस्तरीय शिक्षाका लागि नीजि विद्यालयहरुको भुमिका भुल्न नहुने बताउँदै शिक्षा व्यवहारीक र सिप मुलक हुनु पर्ने बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रलाद कडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा प्रमुख शिव सिलवाल, गाउँपालिका शिक्षा अधिकारी बोदराज पाठक लगायतको विशेष आतिथ्यता रहेको थियो ।

अभिभावकहरुको उल्यख्य उपस्थिति रहेको वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा उत्कृष्ट शिक्षकको रुपमा सुमन श्रेष्ठ र गिता श्रेष्ठ सम्मानित भएका थिए ।