गजुरीको धरमपानीलाई सुरक्षित पानी पिउने गाउँ घोषणा

Avatar photo
Dhadingpost
फाल्गुन १२, २०७६

उद्धव चेपाङ
धादिङ फागुन १२ ।
धादिङको गजुरी गाउपालिका वडा नम्वर २ धरमपानी गाउँलाई सुरक्षित पानी पिउने गाउँ घोषणा गरिएको छ ।

६४ घरधुरी रहेको धरमपानी गाउका सबैले फिल्टरको प्रयोग थाले सँगै आईतबार सुरक्षित पानी पिउने गाउँ घोषणा गरिएको हो ।

धरमपानी गाउँमा ज्वालामुखी र अन्नपुर्ण सामुदायिक सस्थाको आफ्नै श्रोतमा ६४ घरधुरीको लागी पानी शुद्दीकरण गर्नको लागी फिल्टर खरिद गरी बितरण गरे सँगै स्थानियले फिल्टर प्रयोग गरि पानि पिउन सुरु गरेका हुन् ।

ज्वालामुखी सामुदायिक सस्थाका अध्यक्ष डिलमाया विश्वकर्माको अध्यक्षतामा भएको घोषणा कार्यममा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम वस्नेतको प्रमुख आतिथ्यता, वडा नम्बर २ का अध्यक्ष चुडामणी कडेल, शान्ती नेपालका परियोजना संयोजक लालप्रसाद पोखरेल, सन्जय बहादुर चन्द, सद्भाव गरीबी निबारण सहकारी सस्थाका व्यवस्थापक बासु सुबेदी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सामुदायिक सस्थाका वृद्द सदस्य राजकुमारी योन्जनलाइ फिल्टर हस्तातरण गर्नुहुदै प्रमुख अतिथी वस्नेतले सुरक्षित पिउने पानी अभियान सबै टोल वस्तिमा सबै घरमा पुर्याउनुपर्ने बताएका थिए ।

पुर्ण सरसफाइ निर्देशिका २०७३ अनुसार सन २०३० सम्ममा नेपाललाइ पुर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको छ ।

यसै गरी जिल्ला समन्वय समिती धादिङ्को समन्वयमा जिल्लाका१३ वटै स्थानिय तहको सहभागितामा २०२३ सम्ममा जिल्ला भरी सफा गाउ घोषणा गर्ने र २०२५ सम्ममा पुर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य र घोषणा रहेको छ ।

यसै योजनालाइ सहयोग पुर्याउने उद्देश्यले वातावरण र जनस्वास्थ्य सस्थाको सहयोगमा शान्ती नेपालले गजुरी गाउपालिका, बेनिघाट रोराङ गाउपालिका र सिद्दलेक गाउपालिकाका १५ हजार घरधुरीमा सुरक्षित पिउने पानी र चर्पीको समुचित प्रयोग सम्बन्धी व्यवहार परिवर्तन अभियान सन्चालन गर्दै आइरहेको छ ।