अत्यतिर धादिङ महोत्सव, फागुन १२ गते आउने कलाकारहरु

Avatar photo
Dhadingpost
फाल्गुन ११, २०७६

धादिङ फागुन ११ । धादिङबेसी स्थित खुल्लामञ्चमा फागुन २ गते देखि जारी सातौं धादिङ महोत्सव समापनको नजिक पुगेको छ ।

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ जारी महोत्सवमा फागुन १३ गते समापन हुँदैछ ।

समापनको अघिल्लो दिन अर्थात फागुन १२ गते नेपाली हास्य क्षेत्रका चर्चित हास्य कलाकारहरु चम्सुरी र राह्री बा आउने भएका छन् । यस्तै लोकदोहोरी क्षेत्रका चर्चित गायक शिव हमाल, आधुनिक गायक प्रमोद खरेल लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहेका छन् ।

फागुन १३ गते सम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल, रमाइलो मेलाहरु रहेका छन् ।