गल्छीको राष्ट्रपति रनिङ शिल्ड, द राईजिङ भिलेजले जित्यो

Avatar photo
Dhadingpost
फाल्गुन ११, २०७६

धादिङ फागुन ११ । धादिङको गल्छी गाउँपालिकाले आयाेजना गरेको गाउँपालिका भित्र रहेको माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्याब्सन सँग आवद्ध रहेको द राईजिङ भिलेज स्कुलले जितेको छ ।

शुक्रबार र शनिबार दुई दिन चलेको उक्त गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १४ स्वर्ण र ८ रजत पद सहित द राईजिङ भिलेज प्रथम भएको हो ।

रनिङ शिल्ड हात पार्नको लागि द राईजिङ भिलेजले लङ्जम्प छात्र, लङ्जम्प छात्रा, ट्रिपल जम्प छात्र, १०० मिटर दौड छत्रा, २०० मिटर दौड छत्रा, १५०० मिटर दौड छात्र, ३००० मिटर दौड छात्रा, कबड्डी छात्र, तेक्वान्दो छात्रा ४२ केजि ४४ केजि ४६ केजि समूहमा ३ वटै र तेक्वान्दो छात्र ४५ के जि ४८ केजि ५१ केजि समूह ३ वटै गरि १४ स्वर्ण पदक जितेको थियो ।

प्रतियोगितामा मासटार स्थित जनकल्याण माध्यामिक विद्यालय ७ स्वर्ण, ७ रजत सहित द्वितिय र डुम्रिचौर स्थित सरस्वती माविले ३ स्वर्ण, ५ रजत पदक जित्दै तृतिय भएको थियो ।

आठ वटा माध्यामिक विद्यालयहरुले भाग लिएको यस प्रतियोगिता डुम्रिचौर स्थित सरस्वती माविमा सम्पन्न भएको थियो ।

विजेता खेलाडीहरुले जिल्ला स्तरीय प्रतियोगितामा, प्रदेश स्तरीय प्रतियोगितामा छनौट राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउन सक्ने छन् । फोटोः शिव आचार्य