
धादिङ फागुन ९ । रेडक्रस सोसाईटी धादिङ शाखाको चुनावी अधिवेशन बिहिबार उद्घाटन भए सँगै अनिश्चितकालका लागि स्थगित भएको छ ।
नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीले भूकम्प पीडितको नाममा आएको दाताको सहयोग रकममा ब्रह्मलुट मच्चाएको तथ्य खुले सँगै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परे सँगै रेडक्रस छानविनको प्रक्रियामै थियो ।
तर पनि धादिङ रेडक्रसले बिहिबार ३३ औं वार्षिक साधारण सभा तथा ११ औँ जिल्ला अधिबेशनको उद्घाटन गरेको थियो । अधिबेशन संघीय सांसद खेम लोहनीले उद्घाटन गरेका थिए भने विशेष आतिथ्यता बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलको रहेको थियो ।
रेडक्रस सोसाइटीको नेतृत्वबाट भ्रष्टाचार भएको भन्दै समितिमा उजुरी परेपछि छानबिन प्रारम्भ गर्न गृहमन्त्री थापालाई बोलाउने निर्णय संसदीय समितिले गरे सँगै धादिङको निर्वाचन नगराउन दवाव अएको र शुक्रबार राखिएको निर्वाचन कार्यतालिका अनिश्चितकालका लागि स्थगित भएको बताईएको छ ।
सेवामूलक संस्था रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्षले मासिक १ लाख २५ हजार, अन्य पदाधिकारीले ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म भत्ता लिने गरेको संसदीय समितिमा परेको उजुरीमा भनिएको छ ।
यस्तै भुकम्प प्रभावित भूकम्प प्रभावित ओखलढुङ्गा, रामेछाप, सिन्धुली, ललितपुर, भक्तपुर, काठमाण्डौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा, रसुवा, नुवाकोट, धादिङ, दोलखा र मकवानपुर जिल्लाका सभापति, मन्त्री, कोषध्यक्ष र अन्य एक गरी ४ जनाले जनही वार्षिक ५ लागि लिएको समेत खुलेको छ ।

