धादिङ रेडक्रसको सभापति नारायण तिमल्सिनालाई बनाउने सहमति

Avatar photo
Dhadingpost
फाल्गुन ८, २०७६

धादिङ फागुन ८ । रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको ३३ औं वार्षिक साधारण सभा तथा ११ औँ जिल्ला अधिबेशनको उद्घाटन विहिबार सम्पन्न भए सँगै निर्वाचन शुक्रबार हुने भएको छ ।

बर्षौ देखि पूर्व माओवादी केन्द्र निकटहरुको बाहुल्यता देखिने गरेको धादिङ रेडक्रसमा यो पटकको कार्य समितिमा भने ६० प्रतिशद पुर्व माओवादी केन्द्रबाट र ४० प्रतिशद पूर्व एमालेबाट पर्ने गरि नेकपाले आन्तरीक सहमति गरेको नेकपा स्रोतले जनायो ।

सभापतिका आकाँक्षीहरु नारायण तिमल्सिना, हालका सभापति सिताराम कोईराला र कोषाध्यक्ष दुर्लभकुमार तामाङ तीन जना बीच सहमति हुन नसक्दा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलको उपस्थितिमा पुर्व माओवादी केन्द्र निकट नेताहरुले बुधबार साँझ र बिहिबार बिहान धादिङबेसी स्थित एक होटलमा बैठक बसि नारायण तिमल्सिनालाई नै सभापति बनाउने निर्णय गरेको थियो ।

कोषाध्यक्ष पूर्व एमाले निकट रमेश अधिकारी बन्ने लगभग सहमती जुटीसकेपनि अन्य पदमा भने अझै सहमति जुटी नसकेको स्रोतले बतायो ।

१७ जनालाई निवार्चित गर्न शुक्रबार जिल्लाका २९ उपशाखाबाट आएका प्रतिनीधि जिल्ला कार्यसमिति, पदाधिकारी र मनोनित सदस्यहरु समेत गरी कुल १ सय ६७ मतदाताले मतदान गर्ने छन् ।

संघीय सांसद खेम लोहनीले आज एक समारोहका बीच अत्रिबेशनको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, उप–प्रमुख बिन्दा बराम, नेकपा बागमती प्रदेश सदस्य राम बहादुर भण्डारी, गैर सरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष दामोदर अर्याल लगायतको आतिथ्यता रहेको थियो ।