
धादिङ फागुन ८ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर निशुल्क प्रदान गर्ने भएको छ ।
गाउँपालिका भित्र रहेका ह्वीलचियर अवस्यक पर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई प्रत्यक्ष भेटेर ह्वील चियरको नाप लिन सुरु गरिएको गाउँपालिकाका सल्लाहकार मणिराज गुरुङले धादिङपोष्टलाई बताए ।
३ दिने अभियान बनाएर हामी प्राविधिक टोलि सहित अपाङ्गता भएका व्यक्तिको घर घर पुगेर नाप लिई रहेका छौं, बिहिबार वडा १०,९ र ८ मा सकियो अन्य वडामा पनि अब दुई दिन भित्र पुगि सक्ने सल्लाहकार गुरुङले बताए ।
नाप लिई सकेपछि कतिवटा कुनकुन साईज र मोडलका ह्वील चियर बनाउनु पर्ने एकिन हुने छ र त्यहि अनुरुप बनाएरु ह्वील चियर वितरण गरिने उनले बताए ।

