धादिङ महोत्सव जारी, फागुन ९ गते आउने कलाकारहरु यी हुन्

Avatar photo
Dhadingpost
फाल्गुन ८, २०७६

धादिङ फागुन ८ । धादिङबेसी स्थित खुल्लामञ्चमा फागुन २ गते देखि सातौं धादिङ महोत्सव जारी रहेको छ ।

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ जारी यस महोत्सवमा फागुन ९ गते लोक दोहोरी क्षेत्रका दरोहर बद्री पंगेनी, आधुनिक संगितका सुमुधुर स्वरका धनी हेमन्त शर्मा लगायतका ६ जना कलाकारहरु आउने भएका छन् ।

फागुन ९ गते आउने अन्य कलाकारहरुमा हस्यकलाकार सुवोध गौतम एक खुट्टे नृत्य देखाउन निलम ढुङ्गना आउँदै छिन भने, कार्यक्रम संचालनको लागि अमृत खाती र लोकदोहोरी कलाकार सरु थापा लगायत रहेका छन् ।

महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहेका छन् ।

फागुन १३ गते सम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल, रमाइलो मेलाहरु रहेका छन् ।