धादिङ महोत्सवमा किसानहरु पुरस्कृत (नामावली समेत)

Avatar photo
Dhadingpost
फाल्गुन ७, २०७६

धादिङ फागुन ७ । “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका फागुन २ गतेबाट सुरु भएको सातौं धादिङ महोत्सवमा किसानहरुलाई पुरस्कृत गरिएको छ ।

कृषि प्रदर्शनीमा सहभागिता जनाएका किसान उत्पादन गरेका विभिन्न ११ विधामा किसानहरुलाई नगद सहित महोत्सव आयोजक धादिङ उद्योग वाणिज्य संघले पुरस्कृत गरेको हो ।

महोत्सवमा धादिङ उद्योग वाणिज्य संघको आयोजना, कृषि ज्ञानकेन्द्र धादिङ र प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धादिङको सहयोगमा भएको उक्त प्रतियोगात्मक कृषि पर्दशनीमा २६१ जना किसानहरुले सहभागिता जनाएका थिए ।

फागुन १३ गते सम्म संचालन हुने महोत्सवमा मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री लोकप्रिय राष्ट्रिय कलाकारहरुको प्रस्तसती सहितको स्टेज कार्यक्रम र रमाईलो मेला रहेका छन् ।

यी हुन् पुरस्कृत हुने किसानहरु