धादिङ महोत्सवमा फागुन ८ गते, आउने कलाकार यी हुन्

Avatar photo
Dhadingpost
फाल्गुन ७, २०७६

धादिङबेसी फागुन ७ । “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ धादिङबेसीमा जारी महोत्सवमा फागुन ८ गते विभिन्न विधाका ७ जना कलाकार आउने भएका छन् ।

धादिङ उद्योग वाणिज्य संघले धादिङबेसी स्थित खुल्लामञ्च टुडिखेलमा आयोजना गरेको सातौं धादिङ महोत्सवको आठौं दिन (फागुन ८ गते) लोक दोहोरी क्षेत्रमा ख्याति कमाएका गायक विष्णु खत्री, दोहोरी गायीका तथा हास्य व्याङ्ग्य कलाकार वविता वानिया जेरी, लोकदोहोरी कलाकारहरु प्रदिप त्रिपाठी, गिता सेन्चुरी, राजेश गुरुङ र यशोदा विडारी आउने भएका हुन् । यस्तै आधुनिक क्षेत्रमा जमेकि गायीका पुर्णिमा लामा पनि ८ गतेनै आउने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहेका छन् ।

फागुन १३ गते सम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल, रमाइलो मेलाहरु रहेका छन् ।