चन्द्रोदय क्याम्पसमा नि:शुल्क आँखा परिक्षण शिविर हुने

Avatar photo
Dhadingpost
फाल्गुन ६, २०७६

धादिङ फागुन ६ । धादिङ बेनिघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय क्याम्पसमा एक दिने नि:शुल्क आँखा परिक्षण शिविर हुने भएको छ ।

नेपाल विद्यार्थी संघ चन्द्रोदय क्याम्पस इकाईको आयोजनामा हुने उक्त नि:शुल्क आँखा शिविर बुधबार बिहान ८ बजे देखि ४ बजे सम्म हुने बताईएको छ ।

प्रजतन्त्र दिवसको अवसरमा हुने उक्त शिविरमा बुधबार बिहान क्याम्पसका विद्यार्थीहरुको आखाँ परिक्षण गरिने छ, भने दिउँसो विद्यालयका विद्यार्थीहरुको आँखा परिक्षण गरिने नेपाल विद्यार्थी संघ चन्द्रोदय क्याम्पस इकाइले जनाएको छ ।