गजुरी ब्यारेकमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
फाल्गुन ५, २०७६

धादिङ फागुन ५ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा रहेको देविदत्त गण गजुरी ब्यारेकमा फागुन ९ गते मैत्रिपूर्ण भलिबल प्रतियोगिता हुने भएको छ ।

महाशिवरात्री तथा सेना दिवसको अवसरमा देविदत्त गण गजुरीले जिल्लामा रहेका राष्ट्रसेवक कर्मचारी र जिल्ला खेलकुद विकास समिति आवद्ध खेलाडीहरु बीच मैत्रिपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

महाशिवरात्री तथा सेना दिवसको अवसरमा फागुन ९ गते बिहान ८ बजे हुने यस प्रतियोगितामा दर्शकहरुलाई पनि अवलोकन गर्न दिईने बताईएको छ ।