
धादिङ फागुन ५ । धादिङको सिद्धलेक गाउँपालिका नलाङका रामबहादुर अर्याल २२ वर्ष पछि पक्राउ परेका छन् ।
जिल्ला अदालत धादिङबाट २०५४ कार्तिक २० गते बहुविवाह मुद्धामा दोषी ठहर भएका नलाङका अर्याललाई प्रहरीले २२ वर्ष पछि पक्राउ गरेको हो ।
जिल्ला अदालत धादिङले १ महिना १५ दिन कैद र २ हजार जरिवाना तोके सगैं फरार रहेका अर्याललाई सोमबार पक्राउ गरि कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।

