
धादिङ फागुन ५ । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत नलाङमा रहेको पर्यटनको सम्भावना बोकेको सिद्धबाबा मेलाको दिन फागुन ९ गते “मिनि म्याराथुन दौड” प्रतियोगिता हुने भएको छ ।
“स्वास्थ्य र राष्ट्रका लागि खेलकुद” “धार्मिक एवं पर्यटकिय क्षेत्र विकास र प्रबर्धनमा खेलकुद” भन्ने नाराका साथ चक्रदेवी सामुदायिक समाज, ज्यामिरस्वाँरा (नलाङ) धादिङले फागुन ९ गते नलाङ ठाँटी भञ्ज्याङ देखि सिद्धबाबा मन्दिर “मिनि म्याराथुन दौड” आयोजना गरेको हो ।
उक्त प्रतियोगितामा भाग लिन इच्छुक व्यक्तिहरुका लागि फागुन ८ गते सम्म नाम दर्ता गराउन आब्हान गर्दै आयोजकले सूचना प्रकाशित गरेको छ ।
यस्तो छ सूचना
“स्वास्थ्य र राष्ट्रका लागि खेलकुद” “धार्मिक एवं पर्यटकिय क्षेत्र विकास र प्रबर्धनमा खेलकुद”
“VISIT NEPAL 2020 – LIFE TIME EXPERIENCES”
चक्रदेवी सामुदायिक समाज, नेपाल सिद्धलेक २ ज्यामिरस्वाँरा (नलाङ ५) धादिङले नलाङ ठाँटी भञ्ज्याङ देखि सिद्धबाबा मन्दिर सिद्धलेकसम्म “मिनि म्याराथुन दौड” कार्यक्रम निम्न मिति, स्थान र समयमा आयोजना गरिने हुँदा सम्पुर्ण संघ संस्थाहरु, खेलाडी एवं व्याक्तित्वहरुमा यो सूचना प्रकाशित गरिन्छ ।
Mini Marathon Race Competition 2076, It will be organized on 21st of February 2020 from Nalang Thanti Bhanjyang to Siddhababa Temple Siddhalek on the occasion of Shivaratri Festive 2020
मितिः २०७६ फान्गुण ९ गते (शिबरात्री पर्वका दिन)
स्थानः नलाङ मोडेल एकेडेमी
समयः बिहान ८:०० बजे ।
दौड हुने स्थानः नलाङ ठाँटी भञ्ज्याङ देखि सिद्धबाबा मन्दिर सिद्धलेक सम्म ।
तपशिलः प्रथम, द्वितिय, तृतिय पुरस्कारहरुः नगद, मेडल, शिल्ड एवं प्रमाण पत्र ।
नाम दर्ताः २०७६ फाल्गुण ८ गते बेलुका सम्म ।
सम्पर्क स्थानः नलाङ मोडेल एकेडेमी ९८२३४५२५१५
अर्जुन ईलेक्ट्रोनिक्स पसल ठाँटी भञ्ज्याङ: ९८०३०४२०४४ / ९८४३०५०१४४
नोटः खेलाडी सहभागीहरुलाई नास्ताको व्यवस्था

