
धादिङ फागुन ४ । धादिङको खुल्ला मञ्च स्थित टुडिखेलमा शुक्रबार देखि सातौं धादिङ महोत्सव जारी छ ।
धादिङ उद्योग वाणिज्य संघले, पहिलो धादिङ महोत्सवको झल्को दिने गरि सुरुगरेको महोत्सवको चौथो दिन (फागुन ५ गते) ८ जना राष्ट्रिय तथा स्थानिय कलाकारहरु आउने आयोजकले जनाएको छ ।
कुलेन्द्र वि.क., बिरु लामा, सागर बिसी, सन्दिप स्याम्चेन, सोभा त्रिपाठी, सिर्ज अधिकारी, अमृता लामिछाने र कान्तिपुर टेलिभिजनको रियालिटी शो, “कमेडी च्याम्पिएन” बाट उदाउँदै गरेका लजिकल कमेडीयन धादिङ थाँक्रेका हिमेश पन्त लगायतका कलाकारहरु फागुन ५ गते आउने भएका हुन् ।

