लपाङ पुलमा काम गर्ने मजदुरको ढुङ्गाले लागेर मृत्यू

Avatar photo
Dhadingpost
फाल्गुन ४, २०७६

धादिङ फागुन ४ । धादिङको किन्ताङफेदी जोड्ने लपाङ खोलामा निर्माण हुँदै गरेको पुलमा काम गर्ने मजदुर लक्ष्मी चौधरीको ढुङ्गाले लागेर मृत्यू भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका ७ लपाङफेदी स्थित जय विष्णु निर्माण सेवा कम्पनी दुरा मार्पाकमा कार्यरत निमार्ण मजदुर निमार्ण स्थल नजिकै शनिबार दिउँसो दाउरा खोज्ने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर घाईते भएका लक्ष्मी चौधरीको उपचारको क्रममा मृत्यू भएको बताईएको छ ।

पुल निमार्णमा मजदुरी गर्दै आएका कैलाली हसुलीया गाउँपालिका ३ उत्तरभरिका ३५ वर्षिय लक्ष्मी चौधरी र ५० वर्षिय रटिराम चौधरी दाउरा खोज्न जाँदा भिरबाट ढुङगा खसेर लाग्दा दुबै जना घाईते भएको र जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा लक्ष्ममी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।