
धादिङ फागुन ३ । धादिङको खुल्ला मञ्च स्थित टुडिखेलमा शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरे सँगै सातौं धादिङ महोत्सव सुरुभएको छ ।
धादिङ उद्योग वाणिज्य संघले, पहिलो धादिङ महोत्सवको झल्को दिने गरि सुरुगरेको महोत्सवको तेस्रो दिन ७ जना राष्ट्रिय कलाकार आउन आयोजकले जनाएको छ ।
“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका सुरुभएको ध महोत्सवमा आईतबार (फागुन ४ गते) लोक दोहोरी क्षेत्रका चर्चित राष्ट्रिय कलाकारहरु पशुपती शर्मा, मनमाया वाईवा आउने भएका छन् ।
आईतबार आउने अन्य कलाकारहरुमा शोभा त्रिपाठी, देव आले, रितु तामाङ, आईसा तामाङ, योग्रेस लामा रहेका छन् ।

