
धादिङ माघ ३ । धादिङको सिद्धलेक गाउँपालिका नलाङमा रहेको नलाङ माध्यामिक विद्यालय चरिमारेको नव निर्मित भवन शनिबार उद्घाटन गरिएको छ ।
जापनिज कम्पनी जाईकाको सहयोग तथा जिल्ला आयोजना कार्यान्वयन ईकाई धादिङ र सिद्धलेक गाउँपालिकाको समन्वयमा बनेको १४ कोठे पक्की भवन धादिङका संघीय सांसद भुमि प्रसाद त्रिपाठीले गरेका हुन् ।
कूल ५ करोड ५९ लाखको लागतमा चरिमारेको १४ कोठे भवन सहित शौचालय, विद्यालय क्षेत्रमा कम्पाउण्ड तथा गेट बनाईएको छ ।
सिद्धलेक गाउँपालिकाका अध्यक्ष तथा नलाङ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनाथ सिलवालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा भुमि त्रिपाठीको प्रमुख आतिथ्य, गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा, जिल्ला आयोजना कार्यान्वयन ईकाई धादिङका प्रमुख युवराज बगाले, जिल्ला समन्वय समिति धादिङका सदस्य कृष्ण अर्याल लगायतको आतिथ्यता रहेको थियो ।
