कोरोना कहरः नेपाली विद्यार्थी लिन आज जहाज चीन जाँदै

Avatar photo
Dhadingpost
फाल्गुन ३, २०७६

काठमाडौं माघ ३ । कोरोना भाइरस ‘कोभिड–१९’ को प्रकोप रहेको चीनको वुहानबाट १ सय ८० नेपालीलाई आइतवार सम्ममा नेपाल ल्याइंदैछ । त्यसका लागि नेपाल वायुसेवा निगमको जहाज शनिवार त्यसतर्फ प्रस्थान गर्दैछ ।


भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सरकारले उद्धार गरी नेपाल ल्याउन लागेको हो ।

नेपाल ल्याइए पनि उनीहरूले तत्काल आफन्त तथा साथीभाइसँग भेटघाट गर्न पाउने छैनन् । उनीहरूलाई सरकारले छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेर भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा राखिनेछ ।