
धादिङ फागुन २ । धादिङबेसी स्थित खुल्ला मञ्च टुुडिखेलमा धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको सातौं धादिङ महोत्सव सुरुभएको छ ।
पुर्व प्रधान मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक विशेष सामारोहका साथ उद्घाटन गरे सँगै शुक्रबारबाट सातौं धादिङ महोत्सव सुरु भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले चिनबाट काठमाडौं, धादिङ, पोखरा हुँदै लुम्बिनी सम्म रेल आफ्नो सपना रहेको बताएका थिए । बुढीगण्डकी जनविद्युत परियोजनाको काम अब द्रुत गतिमा अगाडी बढ्ने समेत प्रचण्डले बताएका थिए ।

उद्घाट कार्यक्रम हुनु अघि र्यालीमा देखिएको दृष्य

















