
धादिङबेसी फागुन २ । धादिङबेसी स्थित शान्तबजारमा ५ करोड ५५ लाखको लागतमा मिशन होटल एण्ड रिसोर्ट संचालनमा आएको छ ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गरे संगै शुक्रबारबाट मिशन होटल एण्ड रिसोर्ट संचालनमा आएको हो ।
२२ वटा रुम रहेको यस होटलमा १ सय ५० जनालाई सेवा दिन सक्ने सेमिनार हल समेत रहेको छ ।
नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ट परिकार सहितको रेष्टुरेण्ट एण्ड बार, तन्दुुरी, पिज्जा, बर्गर लगाएतका स्वादिष्ट खानाको व्यवस्था रहेको संचालनक सुवास बसेलले बताए ।

