धादिङमा बन्ने भयाे, दलित छात्रावास भवन

Avatar photo
Dhadingpost
फाल्गुन १, २०७६

धादिङ फागुन १ । धादिङ जिल्लामा नै पहिलाे दलित विद्यार्थीका लागि छात्रावास भवन नीलकण्ठ नगरपालिका ४ मा बन्ने भएकाे छ ।

एक कराेडकाे बजेट खर्च हुने गरि बन्न लागेकाे दलित विद्यार्थीका छात्रावास भवन बिहीबार नीलकण्ठ नगरपालिका कार्यपालिका सदस्य राजन बराईलीले शिलान्यास गरेका हुन् ।

छात्रावास मार्फत दलित समुदायका बालबालिकाहरुले सहज रुपमा पढ्न पाउने हुनाले पनि उक्त छात्रावासको निर्माण गर्न लागि नगरपालिकाकाे कार्यपालिका सदस्य बराईलिले बताए ।

भवन शिलान्यास कार्यक्रममा दलित सशक्तिकरण संघ धादिङका अध्यक्ष एवम् तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले १० लाख बराबरको जग्गा लिएर छात्रावास निर्माण गर्न लागिएकाे र जिल्ला भरि रहेका दलित समुदायको जेहेन्दार विद्यार्थीहरुलाई बसोवासको व्यवस्था मिलाउने बताएका थिए ।

निलकण्ठ नगरपालिकाबाट ३४ लाख रकम सहयोग, दलित सशक्तिकरण संघ धादिङका मार्फत बाँकी रकम थप गरि निर्माण गरिने छ ।

छात्रावास निर्माणको लागि उपभोक्ता समितिका उपाध्यक्ष मोहन रोकाल २ आना जग्गा प्रदान गरेेेेका हुन् । दलित सशक्तिकरण संघ धादिङको व्यवस्थापन तथा छात्रावास भवन निर्माण उपभोक्ता समितिको आयोजनामा भवन निर्माण हुने बताएको छ ।

छात्रावास भवन निर्माण उपभोक्ता समितिका उपाध्यक्ष मोहन रोकाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका कायपालिकाका सदस्य राजन बराईलीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, राजनितिक दलका प्रतिनिधी लगाएतकोे सहभागिता रहेको थियो ।