धादिङ महाेत्सवकाे तयारी सकियाे, उद्घाटन प्रचण्डले गर्ने

Avatar photo
Dhadingpost
फाल्गुन १, २०७६

धादिङ फागुन १ । धादिङबेसी स्थित खुल्ला मञ्च टुडिखेलमा हुने धादिङ महाेत्सव २०७६ काे सम्पूर्ण तयारी सकिएकाे आयाेजकदले जनाएकाे छ ।

धादिङ उद्योग वाणिज्य संघले आयाेजमा हुने सातौँ धादिङ महोत्सवको उद्घाटन शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेकाे छ ।

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ हुन लागेकाे महाेत्सवमा धादिङको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास गर्न महोत्सवले महत्व पूर्ण भुमिका खेल्न सक्ने आयोजक धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीले बताए ।

महाेत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले महाेत्सवकाे सम्पूर्ण तयारी सकिएकाे र उद्घाटन शुक्रबार २ बजे प्रचण्डले गर्ने बताएका थिए ।

साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउँदै विभिन्न जात जाति, वर्ग र समुदायको बीच सद्भाव एवं भातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टीले जिल्लाको समुन्नतिमा संगठित रूपले प्रयत्नशील रहने महोत्सवको लक्ष्य रहेको समेत महासचिव डल्लाकोटीले धादिङपोष्टलाई बताए ।

महोत्सवको उद्देश्य

  • प्रदर्शनी मार्फत सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई औद्योगिक, ब्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने ।
  • स्थानीय स्तरबाट उत्पादित बस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको बिकास गर्ने ।
  • घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पुर्याउने ।
  • घरेलु उद्योग र कृषिलाई ब्यावसायिक आधुनिकिकरण तर्फ उन्मुख गराउने ।
  • निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पुर्याउने ।
  • यस जिल्ला तथा आसपासका अन्य पर्यटकीय स्थलहरुको बिकास र बिस्तारमा टेवा पुर्याउने ।
  • स्थानीय बजारको बिकास बिस्तार एवं बिशिष्टिकरण तर्फ उन्मुख गराउने ।
  • उत्पादक र उपभोक्ता वीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध बिस्तार गराउने ।
  • कृषि पेशालाई व्यवसायिक रुपमा बिकास गराउन सहयोग गर्ने ।
  • आधुनिक एवं नयां प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने ।
  • लोप हुन लागेका स्थानिय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने ।
  • बिभिन्न जातजाती बीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिबृद्धि गर्ने ।
  • लगानीका अवसरहरुको सृजना गर्ने ।

महोत्सवकोे आर्कषण

  • जिल्लाको स्थानीय तहको सहकार्यमा स्थानीय तह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी
  • कृषि प्रदर्शनी
  • साना तथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण
  • विविध साँस्कृतिक प्रदर्शनी
  • पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु
  • स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
  • हस्तकलाको प्रदर्शनी तथा विक्री वितरण
  • राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
  • खनिजजन्य वस्तुको प्रदर्शनी तथा विक्री
  • जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी
  • आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
  • इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री/सूचना प्रविधी सम्बन्धी जानकारी
  • अटोमोवाईल्सको प्रदर्शनी तथा विक्री वितरण
  • रमाईलो मेला/वाल उद्यान