दोङ्देनदेवि मावि तिप्लिङको वार्षिक उत्सव सम्पन्न

Avatar photo
Dhadingpost
माघ २८, २०७६

प्रेम तामाङ
धादिङ माघ २८ ।
धादिङको रुबीभ्याली गाउँपालिका ३ तिप्लिङमा रहेको दोङ्देनदेवि माध्यामिक विद्यालयको ४१ औं वार्षिक उत्सव भव्य समारोहका बीच सम्पन्न भएको छ ।

धादिङको विकट ग्रामिण क्षेत्रमा रहेको दोङ्देन माध्यामिक विद्यालयको ४१ औं वार्षिक उत्सव समारोहलाई मंगलबार प्रदेश सांसद जगत सिंखडाले सम्बोधन गरेका थिए ।

वार्षिक उत्सव समारोहका प्रमुख अतिथि समेत रहेका सांसद सिंखडाले उत्तरी धादिङलाई पर्यटन सँग जोड्ने गरि काम अगाडी बढेको बताएका थिए ।

विद्यालयको वार्षिक, उत्सवकै अवसरमा विद्यालयमा भएको बेलुन रेस, वक्तृत्वकला, हाजिरीजवाफ, वादविवाद, वार्षिक शैक्षिक पुरस्कार, म्युजिकल चियर, फुटबल प्रतियोगिता, सुन्दर नेपाली अक्षर लेखन प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

रुबीभ्याली गाउँपालिका २ का वडा प्रमुख पेम्बा घलेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेकपा रुबीभ्यालीका अध्यक्ष रामसिंह तामाङ, नेकपा जिल्ला सदस्य मंग तामाङ, विभिन्न संघ संस्थाका प्रतिनीधीहरुको आथित्थ्यता रहेको थियो ।