
धादिङ माघ २८ । धादिङको सिद्धलेक गाउँपालिका स्तरीय तेस्रो भण्डारी मेमोरियल रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरुभएको छ ।
सिद्धलेक गाउँपालिकाका १४ वटा माध्यामिक विद्यालय सहभागि रहेको उक्त प्रतियोगिता कुम्पुर पिपलटार स्थित महाकाली माध्यमिक विध्यालयमा सोमबारबाट सुरुभएको हो ।
विशेष समारोहका साथ प्रतियोगिताको संघिय सांसद भुमि त्रिपाठीले उद्घाटन गरेका थिए ।
माघ २९ गते सम्म संचालन हुने प्रतियोगितामा छात्र/छात्राका भलिबल, लङजम्म, हाईजम्प, सटपुट, ज्याभ्लिन थ्रो, दौड लगायतका खेलहरु हुने बताईएको छ ।
सिद्धलेक गााँउपालिकाका प्रमुख प्रेमनाथ सिलवालको अध्यक्ष्यतामा भएको उद्धघाटन कार्यक्रममा संघिय सांसद भुमि त्रिपाठिको प्रमुख आतिथ्य, गााँउपालिकाका उपाध्यक्ष कमला शर्मा (अधिकारी), प्रशाशकिय अधिकृत धनेश्वर पौडेल, शिक्षा अधिकृत भुवन कुमार केसी, वडाध्यक्षहरु कमल गुरुङ, देव बहादुर पुलामी, रामहरी बराकोटि, वडाध्यक्ष लक्ष्मण खतिवडा, विभिन्न राजनितिक दलका नेताहरु, संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।
गाउँपालिका स्तरीय मदन भण्डारी रनिङ शिल्ड गर्दै गर्दा सिद्धलेक गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड नगराउने भएको छ । राष्ट्रपति रनिङ शिल्ड नगराउँदा गाउँपालिका जिल्ला प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागि हुन नपाउने भएका छन् ।

