
प्रेम तामाङ
धादिङ, तिप्लिङ माघ २७ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका २ तिप्लिङ पुगेका प्रदेश सांसद जगत सिंखडाले रुबीभ्याली गाउँपालिकालाई समृद्ध र सभ्य रुबीभ्याली बनाईने बताएका छन् ।
तिप्लिङको गोठनदेवि आधारभुत विद्यालयको ३१ औं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै सांसद सिंखडाले आकर्षक पर्यटकिय गन्तव्यको रुपमा रुबीभ्यालीलाई विकास गर्दै समृद्ध र सभ्य रुबीभ्याली बनाईने बताएका हुन् ।
रुबीभ्यालीको पर्यटन प्रवर्धन गर्ने काम अगाडी बढी सकेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद सिंखडाले सडक संजालने समेत रुबीभ्याली जोडिई सकेकोले विकासले अब गति लिने बताएका थिए ।

शिक्षक, अभिभावक, स्थानीय सरकारको एउटै ध्यान, विद्यार्थीको चातर्फी विकासमा साझा अभियान भन्ने मुल नाराका साथ आयोजना गरिएको गोठनदेवि आधारभुत विद्यालयको वार्षिक उत्सवमा नेकपा रुबी भ्यालीका अध्यक्ष राम सिंह तामाङ, जिल्ला कमिटी सदस्य सेक्केमान तामाङ, मंग तामाङ लगायतको आथिथ्यता रहेको थियो ।
