
निर्मल नारायण
धादिङ माघ २४ । गजुरी गाउँपालिका स्थित मलेखुमा रहेकाे भद्रकाली सामुदायिक विकास समाजकाे १९ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
शुक्रबार सम्पन्न भएकाे साधारणसभाका प्रमुख अतिथि एवम् गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रविक्रम वस्नेतले भद्रकाली सामुदायिक बिकास समाज अन्तर्गत रहेका विभिन्न संस्थाहरुलाइ स्थानीय सरकारको पहलमा एउटै छाता मुनि ल्याएर बिकासको गुरुयोजना बनाउने प्रयास भै रहेको बताएका छन् ।
त्रिशूली नदी सफा राख्न, बजार ब्यवस्थापन राख्दै पर्यटन विकासको लागि सक्दो प्रयास गर्ने समेत गाउँपालिका प्रमुख वस्नेतले बताएका थिए ।
संस्थाकाे प्रगति प्रतिवेदन सचिव भुमि कडेलले र आर्थिक प्रतिवेदन काेषाध्यक्ष रामहरि थापाले प्रस्तुत गरेकाे उक्त साधारणसभाकाे सभापतित्व एकराज पाण्डेले गरेका थिए ।
कार्यक्रममा चुडामणि कडेल र प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काकाे विशेष आतित्थ्यता रहेकाे थियाे भने मायादेवी शर्मा, टिकानाथ कडेल, ऋषिनाथ कडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

