पात्ले फुटबलकाे सेमिफाईनल सकियाे

Avatar photo
Dhadingpost
माघ २४, २०७६

धादिङ माघ २४ । धादिङको नीलकण्ठ नगरपालिका -१४ धुवाँकोट पात्लेमा जारी फुटबल प्रतियोगिताकाे सेमिफाइनल सकिएकाे छ ।

सोनाम ल्होछारको अवसरमा विद्यार्थी उपकार संघ धुवाँकोटले आयोजना गरेको छैटौं मान बहादुर कप फुटबल प्रतियोगिताकाे सेमिफाइनल शुक्रबार सकिएकाे हाे ।

सेमिफाइनलमा नवस्टार युवा क्लव नुवाकोट VS मेन्धोफोले युवा क्लव काउले धादिङ र जनआवाज युवा क्लव धुवाँकोट धादिङ VS सिरानटोल युवा क्लव नुवाकोट बीच भएकाे थियाे ।

जसमा नवस्टार युवा क्लब नुवाकाेटले मेन्दाेफाेले युवा क्लब (काउले ) लाई २- १ काे गाेल अन्तरले पराजित गरेकाे थियाे भने, सिरानटोल युवा क्लब नुवाकाेट र जनआवाज युवा क्लव माने धादिङ बीचकाे खेल पेनाल्टी सुटमा २-३ काे गाेल अन्तरमा जनआवाज माने धादिङ विजयी भएकाे थियाे ।

शनिबारको फाईनल
नवस्टार युवा क्लव नुवाकोट vs जनआवाज माने धादिङ
बीच हुनेेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार राशी १ लाख १५ हजार रहेको छ, भने द्वितिय हुने टिमले ५५ हजार ५५५, सान्तोना हुने टिमले १५ हजार पुरस्कार पाउने विद्यार्थी उपकार संघका उपाध्यक्ष सुरेश तामाङले बताए ।